रामेछापकि चर्चित गायिका सङम लामिछाने ले खोलिन दरबार्मागमा ‘मेरो सारङ्गी रोधी क्लब’
रामेछाप
– राजधानीको मुटु मानिने दरबारमार्गमा ‘मेरो सारङ्गी रोधी क्लब’ सन्चालनमा आएको छ। चलेका लोक तथा दोहोरी गायक तथा गायिकाहरुले सो रोधी क्लब गत शुक्रबारदेखि सन्चालनमा ल्याएका हुन्।
करिब दुई करोडको लगानी ररहेको सो दोहोरी चर्चित गायक प्रदिप रोक्का गायिकाद्वय सङ्गम लामिछाने र जालुमाया गुरुङले सञ्चालनमा ल्याएका हुन्।
उक्त क्लबको एक कार्यक्रमबीच राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर, इन्द्रेणीका सन्चालक कृष्ण कँडेलले संयुक्तरूपमा रिबन काटेर उद्घाटन गरे ।
उक्त उद्घाटन कार्यक्रममा गायिका सर्मिला गुरुङ, गायिका जुना श्रीस मगर, राष्ट्रिय संगीतकर्मी संंघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल लगायतको उपस्थिति रहेको थियो।
सन्चालाक मध्य सङम लामिछाने को भनाइ अनुसार यो क्लबले नेपालको मौलिक कला तथा संस्कृतिको प्रचार तथा प्रसारमा विशेष जोड दिनेछ । गाउँघरको याद दिलाउने सो रोधी क्लबको निर्माण र सजावट गरिएको पनि उनले बताए।