मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

आँबुखैरेनी (तनहुँ), १३ पौष । ‘मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५’ को ग्रान्ड फिनाले शनिबार सम्पन्न भएको छ। आँबुखैरेनी गाउँपालिका–२ स्थित रोयल्स होममा आयोजित प्रतियोगितामा आर्यन श्रेष्ठ र क्रिस्टिना राना मगरले क्रमशः मिस्टर र मिस आँबुखैरेनी–२०२५ को उपाधि जित्न सफल भएका छन्।
आँबुखैरेनी युथ क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा सहभागी विभिन्न प्रतिस्पर्धीहरूलाई पछि पार्दै श्रेष्ठ र राना मगरले उपाधि हात पारेका हुन्। मिस्टर आँबुखैरेनी तर्फ योगेश भुजेल फस्ट रनरअप र सुवास विक सेकेन्ड रनरअप घोषित भए। यस्तै, मिस आँबुखैरेनी तर्फ स्वेच्छा खनाल फस्ट रनरअप र आकृति कुँवर सेकेन्ड रनरअप बनेकी छन्।
उपाधि विजेता आर्यन श्रेष्ठ र क्रिस्टिना राना मगरले नगद ५० हजार रुपैयाँका साथै म्युजिक भिडियो, फोटो सुट तथा अन्तर्वार्ताको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा विभिन्न विधागत उपाधिहरू पनि प्रदान गरिएको थियो। जसअनुसार सजना मगर ‘मिस ट्यालेन्ट’, योगेश भुजेल ‘मिस्टर फोटोजेनिक’, क्रिस्टिना राना मगर ‘मिस अर्गनाइजर च्वाइस’, आर्यन श्रेष्ठ ‘मिस्टर मल्टिमिडिया’, स्वेच्छा खनाल ‘मिस पर्सनालिटी’, बिपस्ना गुरुङ ‘बेस्ट वाक’, राधिका नेपाली ‘मिस फोटोजेनिक’, बिनिता विक ‘बेस्ट डिस्प्लिन’, गरिमा क्षेत्री ‘मिस स्मार्ट’, सुवास विक ‘मिस्टर ट्यालेन्ट’ र आशिका परियार ‘मिस कन्फिडेन्ट’ घोषित भएका छन्।
कार्यक्रमका संयोजक रबिन थापाका अनुसार प्रतियोगिताको निर्णायक मण्डलमा मोडल तथा इभेन्ट अर्गनाइजर सुमन खड्का, मिस क्यापिटल बिजेता प्रेक्क्षा बानियाँ र ब्युटिसियन अनु श्रेष्ठ रहेका थिए। प्रतियोगिताको कोरियोग्राफी मिस ग्रान्ड नेपाल–२०२४ की विजेता आइसा गौतमले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सपना भण्डारीले गरेकी थिइन्।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न

हेमन्त खड्काको बाग्लुङ सिगाना कुटिमुनी घर सार्बजनिक भिडियो सहित