मन्थली, रामेछाप ।
मन्थली नगरपालिकामा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज २०८२ साल चैत २० गते विधिवत् उद्घाटन गरिएको छ। उक्त पार्लरको उद्घाटन मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठले केक काटेर गर्नुभएको हो।
उद्घाटन कार्यक्रमको अवसर पारेर पार्लर सञ्चालक गोमा श्रेष्ठ खड्काले चैत २० र २१ गतेसम्म निशुल्क स्किन तथा कपाल परीक्षण सेवा प्रदान गरिने जानकारी दिनुभयो। साथै, सोही अवधिमा पार्लरमा उपलब्ध सामग्री खरिद गर्दा केही प्रतिशत छुटको व्यवस्था समेत गरिएको उहाँले बताउनुभयो।
त्यसैगरी, पार्लर सञ्चालक सागर खड्काले उक्त पार्लरले युनिसेक्स सौन्दर्य क्षेत्रमा नयाँ प्रविधि भित्र्याउनुका साथै दक्ष जनशक्तिको उपलब्धतासँगै सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्य राखेको जानकारी दिनुभयो।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ को समेत उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उहाँले यस्ता व्यवसायहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै सेवा विस्तारमार्फत स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याउने धारणा व्यक्त गर्नुभयो।
यसैगरी, बागमती प्रदेश सदस्य तथा पूर्व संविधान सभा सदस्य तारा नारायण श्रेष्ठ लगायत उद्योग वाणिज्य संघका पदाधिकारीहरूको समेत बलियो उपस्थिति रहेको थियो।
यद्यपि पार्लर यसअघि नै सञ्चालनमा रहेको भए पनि औपचारिक उद्घाटन कार्यक्रमको अवसर पारेर ग्राहकलाई विशेष सुविधा प्रदान गरिएको हो। उद्घाटन कार्यक्रममा स्थानीय व्यक्तित्व, व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमले स्थानीय स्तरमा सौन्दर्य तथा सेवा क्षेत्रको प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ।