नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रामेछाप जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारहरु सिफारिस गरेको छ ।
नेकपा रामेछाप जिल्ला समितिको पुस ११ गते बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभातर्फ इच्छुक उम्मेदवारबाट खुला रूपमा आवेदन माग गरेको थियो । प्राप्त आवेदनमाथि आवश्यक छानबिन गरी जिल्ला कार्यदलले एकमतका साथ उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो ।
नेकपा स्रोतका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्व गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, साबिक नेकपा (एस) का पोलिटब्युरो सदस्य होम बुढाथोकी जेन्जी रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खड्का अखिल क्रान्तिकारीका पूर्व संयोजक एवं नेकपा केन्द्रीय सदस्य पवन कार्की नेत्र लामा, गुणराज ढुङ्गेल, अनन्तकुमार खड्का, दीपकराज प्रसाईं र निरबहादुर श्रेष्ठ रोशन कार्की, अनोज भुजेल को नाम पनि सिफारिस भएको छ ।
समानुपातिकतर्फ जितबहादुर दाहाल, शरद रसाइली, सुनिता गौतम, केशरकुमार कालिकोटे, हिमाली गोले, रामबहादुर कार्की, आङकाण्डु शेर्पा, लालुमाया माझी, सरिता खाती, अम्बरबहादुर तामाङ र किरण मोक्तानको नाम सिफारिस गरिएको छ।
राष्ट्रियसभाका लागि जगतबहादुर तामाङको नाम सिफारिस गरिएको नेकपा स्रोतले जनाएको छ ।