फास्ट फूड एसोसिएसन नेपालको अध्यक्षमा रामेछापका होमराज श्रेष्ठ

रामेछाप । फास्ट फूड एसोसिएसन नेपाल अध्यक्षमा रामेछाप खाडादेवी गाउपालिकाका होमराज श्रेष्ठ चयन भएका छन्। सोमबार काठाडौँमा भएको आठौँ राष्ट्रिय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्य नयाँ कार्यसमिति निर्वाचित गरेको हो। फास्ट फूड एसोसिएसन नेपालको उपाध्यक्षमा रामकाजी भण्डारी र नविन श्रेष्ठ निर्वाचित भएका छन्।
त्यस्तै महासचिव राकेश श्रेष्ठ,सचिवहरू भीम प्रसाद आरण, कुमार भण्डारी, कोषाध्यक्षमा टेक बहादुर श्रेष्ठ र सदस्यहरू गोपाल श्रेष्ठ ,लक्ष्मि श्रेष्ठ ,सुभाष श्रेष्ठ , महेन्द्र श्रेष्ठ,रबिन्द्र भण्डारी र तुलसी श्रेष्ठ निर्वाचित भएका छन्।

अहिले यस संस्थामा ३०० भन्दा बढी रेष्टुरेन्ट तथा फास्ट फूड क्याफे आवद्ध छन् । रेष्टुरेन्ट तथा फास्ट फूड क्याफेका पछिल्लो समय देखिए समस्या समाधानमा केन्द्रित भएर काम गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए। उनले संस्थाले रेष्टुरेन्ट तथा फास्ट फूड क्याफेको गुणस्तरमा वृद्धि र व्यवसायिको हितमा काम गरिने बताए।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न