फागुन,१५ बिहिवार
महाशिवरात्रीको अवसरमा प्राचीन मण्डपेश्वर उत्सव समितिद्वारा आयोजित “भब्य महशिवरात्री महोत्सव” मा नेपालबाट शास्त्रीय नृत्यका लागि हाल भारतको मुम्बईमा रहेकी एक खुट्टाले नृत्य गर्ने शास्त्रीय नृत्याङ्गना सीता सुवेदी तथा कुशल कोरियोग्राफर मनिषा गोलेले मुम्बईको उक्त महोत्सवमा एकसाथ स्टेज सेयर गरेका छन। भर्खरै सार्वजनिक एलिना चौहान द्वारा स्वरबद्द जय जय जगदीश हरे बोलको शिव आरती प्रस्तुत गरि नेपालको नाम र प्रतिष्ठाको इटा थप्ने कर्म शिवरात्री अवसरमा भएको र यस कार्यक्रममा जोड्ने काम गुरुआमा रन्जना फड्केको आशीर्वाद तथा स्वयम नाट्येश्वर भोलेनाथको आशिर्वादले सम्भव भएको हो।