रामेछाप का स्थानीय कलाकार द्वारा निर्मित नेपाली कथानक टेलिचलिचित्र मुना समाजको एक प्रतिबिम्ब बजारमा आएको छ। उक्त सिरियल को कथा/निर्देशन जेनिश सेन्चुरी ले गरेका छ्न भने किङ्स्टार कृयशन प्रा.लि को प्रस्तुति र सुमन खड्का को निर्माण मा बनेको उक्त सिरियल मा समाजमा भएको घटना को केही अंश लिएर निर्माण गरिएको सिरियलमा मुख्य पात्रहरुमा जेनिश सेन्चुरी,रितिमा चौहान, दृश्या कार्की,समीर मुग्राराती,राम बस्नेत,आश्मा माझी,सुमित विश्वोकर्मा,राम ब.माझी,जेनिशा माझी,ज्ञान बा.सुन्दास लगायतका कलाकार हरुले अभिनय गरेका छन भने बाकी भागमा अन्य कलाकार हरु पनि जोडिने छन। उक्त को छायांकन तथा सम्पादन तीन भाग सम्म कर्ण श्रेष्ठ ले गरेका छ्न भने बाकी बाट बिजय अछामी ले गरेका छ्न उक्त मुना नेपाली सिरियल kingstar tv channel मा प्रत्येक बुधबार राती ७:०० प्रसारण हुने छ।