किड्स क्यापिटल नेपालको सातौं संस्करण सम्पन्न
काठमाडौं – टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्म्स प्रालि, पेजेन्ट नेपाल इन्टरनेशनल, र ब्राइट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको ‘किड्स क्यापिटल नेपाल–सातौं संस्करण’ को ग्राण्ड फिनाले शनिबार काठमाडौंमा सम्पन्न भएको छ।
प्रतियोगितामा विभिन्न उमेर समूहका ११ जना बालबालिकाले सहभागिता जनाएका थिए। दिक्पाल कार्कीको कोरियोग्राफीमा सम्पन्न फिनालेमा आफ्ना १० प्रतिस्पर्धीलाई पछि पार्दै आनीन लिम्बुले ओभरअल उपाधि जितिन्।
सिनियरतर्फ लक्षाना थापा र प्रशान्त कार्की तथा जुनियरतर्फ शान्भी श्रेष्ठ विजेता बने। फर्स्ट रनरअपमा ऋषिका लामिछाने, सेकेन्ड रनरअपमा प्रिन्सेस श्रेष्ठ, थर्ड रनरअपमा कौस्तुभ कोइराला, र फोर्थ रनरअपमा प्रजोल क्षेत्री रहेका छन्।
विशेष उपाधिहरूमा लक्षाना थापा ‘मोस्ट पपुलर’ र ‘IMEPAY पब्लिक च्वाइस’ (महिलातर्फ) विजेता घोषित भइन् भने पुरुषतर्फ प्रशान्त कार्कीले ‘IMEPAY पब्लिक च्वाइस’ जिते।
अन्य सब-टाइटलमा:
• बेस्ट वाक: आनीन लिम्बु
• बेस्ट ट्यालेन्ट र बेस्ट डान्सर: प्रिन्सेस श्रेष्ठ
• बेस्ट सिङ्गर, बेस्ट एक्टर र PNI फेशन बेस्ट TVC मोडल: लक्षाना थापा
• फेसबुक स्टार: रिवान श्रेष्ठ
प्रतियोगिताका सहभागीहरूलाई कलाकार विरैन्द्र हमालले अभिनय प्रशिक्षण दिएका थिए भने नृत्य प्रशिक्षण विशालले प्रदान गरेका थिए।
निर्णायक मण्डलमा सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बा, चर्चित टिभी पर्सनालिटी बिना श्रेष्ठ, अभिनेता तथा लेखक बिन्दा खतिवडा, हास्य कलाकार गोपाल ढकाल (छन्दे), इभेन्ट अर्गानाइजर कमल खतिवडा, अभिनेता तथा सामाजिक अभियन्ता राजु कार्की, मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४ डा. आयुस्नोभा ढुंगाना र मिस्टर टिन नेपाल २०२२ योगेश शर्मा रहेका थिए।
कार्यक्रमको उद्घोषणा मिस्टर मोडल अफ द वर्ल्ड दिक्पाल कार्कीले गरेका थिए।