सप्तकोशीको किनारमा ३ जना युवतीमाथि निर्घात कुटपिट

सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशीको किनारमा ३ जना युवतीमाथि निर्घात कुटपिट भएको भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ। ५ जना युवती मिलेर ३ जनालाई निर्घात कुटपिट गरेका हुन। प्रहरीले घटनामा संलग्न एक जना बराह क्षेत्र १० प्रकाशपुरकी १९ वर्षीया प्रीति लिम्बुलाई पक्राउ गरेको छ ।
अन्य ४ जना बराह क्षेत्र ९ बस्ने १९ वर्षीया सन्जिता राई, १९ वर्षीया निहाङ राई, बराह क्षेत्र ८ सैनिक टोल बस्ने १८ वर्षीया दुर्गा राई र बिनिता उरावँको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित पक्षका युवतीहरुले उजुरी दिएपछी प्रहरीले पक्राउ गरी कार्वाही अगाडि बढाएको छ। असार २९ मा मादक पदार्थ सेवन गरेपछि दुई समूहको बिचमा भनाभन हुँदा झगडा भएको प्रहरीको भनाइ छ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न