धरान स्थित श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको आरा धरानको प्रतिमाको अनावरण गरिएको छ ।
धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्तकुमार लिम्बुले संयुक्तरुपमा प्रतिमाको अनावरण गरेका हुन् ।
शिलालेखमा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघाले अनावरण गर्ने उल्लेख भएपनि उपमेयर बेघा काठमाण्डौंमा भएकोले दत्त लिम्बुले अनावरणको अवसर पाएका हुन् ।
काठ चिर्न धरान माथि उभिएको प्रतिमाको मेयर साम्पाङले र तल उभिएको प्रतिमा दत्त लिम्बुले अनावरण गरेका थिए ।
कलाकार रोजन राईले बनाएको आरा धरानको प्रतिमा गत जेठ १६ गते नै धरान २० स्थित श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको थियो ।