रामेछापको केब्स स्कुल मन्थलीलाई इनोभेटिभ स्कुल अवार्ड

रामेछाप । रामेछापको केब्स स्कुल मन्थलीले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । सो विद्यालयले इनोभेटिभ स्कुल अवार्ड प्राप्त गरेको हो ।

एक्जिटो एजुकेसन इन्टरनेसनल अस्ट्रेलियाको आयोजनामा सिंगापुर र मलेसियामा सम्पन्न एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड, सिङ्गापुर २०२३ अन्तर्गत केब्स स्कुल मन्थलीले इनोभेटिभ स्कुल अवार्ड प्राप्त गर्न सफल भएको हो ।

केब्स स्कुलले शैक्षिक गुणस्तर कायम गर्दै शिक्षामा सफलतापूर्वक नयाँ अभ्यास र प्रयोग गरेकोमा सो अवार्ड प्रदान गरिएको हो । शिक्षा क्षेत्रको विकासमा पुर्‍याएको विशिष्ट योगदानको कदर स्वरूप सो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

एक्जिटोले ५ सय वटा संस्थागत स्कुलको सर्वेक्षण गरी ती मध्येबाट विभिन्न विधामा ३३ वटा सर्वोत्कृष्ट स्कुल छनोट गरी विभिन्न अवार्ड प्रदान गरेको हो । आयोजकले विजेतालाई एक हप्ता सिंगापुर र मलेसियाका विभिन्न अन्तर्राष्ट्रिय स्कुल र विश्वविद्यालयको शैक्षिक अध्ययन भ्रमण र अनुभव आदानप्रदान समेत गराएको थियो ।

लिङ्कन विश्वविद्यालय मलेसियाकी कुलपति प्रोफेसर दातुक डाक्टर हज् बिबि फ्लोरिना अब्दुल्लाह र एक्जिटो इभेन्ट अस्ट्रेलियाका निर्देशक सचेत वीदीजनबाट केब्स स्कुलका सञ्चालक प्रिन्सिपल केशव तिमल्सिना र सञ्चालक लेखापाल रेविका पोखरेलले अवार्ड ग्रहण गर्नुभएको थियो ।

मुख्य अवार्ड समारोह जुलाई १७ मा मलेसियाको स्विस गार्डेन इन्समा सम्पन्न भएको हो । अवार्ड प्राप्त गरेसँगै शिक्षा क्षेत्रको विकासमा अझै मेहनतका साथ लाग्न उत्प्रेरणा मिलेको विद्यालयका प्रिन्सिपल केशव तिमल्सिनाले बताउनुभयो ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न