राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछाप शाखाको अध्यक्षमा मिलन विक चयन हुनुभएको छ । शनिवार मन्थलीमा राष्ट्रिय फोटो पत्रकार समूह वाग्मती प्रदेशका सदस्य नवराज श्रेष्ठको अध्यक्षता, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता, राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय महासचिव घनश्याम श्रेष्ठ र कोषाध्यक्ष सागर श्रेष्ठ आतिथ्ययतामा भएको प्रथम जिल्ला भेलाले विकको नेतृत्वमा ११ सदस्यि कार्यसमिति बनाएको हो। समूहको उपाध्यक्षमा शर्मिला विशुङ्के, सचिवमा राजन महतारा, सह–सचिवमा राज श्रेष्ठ र कोषाध्यक्षमा डोरशङ्कर बरुवाल चयन हुनुभएको छ । त्यसै गरी कार्यसमिति सदस्यहरुमा शम्बरबहादुर हायु(प्रशान्त), सिर्जन रोक्का, प्रवीण बयलकोटी, सिर्जना रसाइली, विनीता बुढाथोकी चयन हुनुभएको छ । नवगठित समूहका अध्यक्ष विकले स्थानीय सरकार लगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय गरेर सङ्गठनको गतिविधिलाई अगाडी बढाउने प्रतिबद्धता जनाउनुभयो ।