नेपाल विद्यार्थी संघ रामेछापले काङ्ग्रेस पार्टी कार्यालय मन्थलीमा पुस्तकालयको व्यवस्था गरेको छ ।
शिक्षा सबैको निम्ति´ भन्ने उदेश्यको साथ नेविसंघ रामेछापका सहसचिव मनिष बहादुर चुहान र नेविसंघ नेता अनिल कार्कीको विषेश पहलमा पुस्तकालयको व्यवस्था गरिएको हो ।
उनीहरुले विभिन्न विषयका ८ सय थान पुस्तक जिल्ला पार्टी कार्यालयमा काङ्ग्रेस रामेछापको नेता लिला तामाङलाई शुक्रबार हस्तान्तरण गरिएको थियो ।
विषेशगरी विपन्न्न वर्गका विद्यार्थीलाई प्राथमिकता राखेर पुस्तकालयको व्यवस्था गरेको नेविसंघ नेता अनिल कार्कीले बताए । `कतिपय किताबहरु पढ्न इच्छा हुँदाहुँदै पनि आर्थिक समस्याको कारण सम्भव हुँदैन । त्यसैले त्यस्तो नहोस् भनेर हामीले फ्री मै पुस्तक उपलब्ध गराएका छौँ´-कार्कीले भने ।
पुस्तकालयको पुस्तक घरमै लगेर पढ्न पनि कुनै शुल्क नलाग्ने नेविसंघ जिल्ला सहसचिव चुहानले जानकारी दिए । उनले अझै थप किताबहरुको व्यवस्था गर्ने समेत बताए ।