रामेछाप । बिपी स्मृति कप २०८० को उपाधि एबिसि क्लव मन्थलीले जितेको छ । मङ्गलवार भएको फाइनल खेलमा निलकण्ठेश्वर मा।वि लाई एबिसि क्लव मन्थलीले १–० को अग्रतामा उपाधि जितेको हो । उपाधि जितेसङै ३५ हजार र निलकण्ठेश्वर मा.विले २५ हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् ।
त्यस्तै सान्त्वनामा मन्थली ब्वाइज क्लव र मन्थली मा।वि डी भकाएछन् भने नगद ७र७ हजार नगद प्राप्त गरेका छन् ।
खेलको आयोजना मन्थली सिटिईभिटि इकाई समितिको आयोजनामा भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि काँग्रेस महाधिवेशन प्रतिनिधि रत्न कार्कीको प्रमुख आथित्यता तथा सभापति गौरव न्यौपानेको सभापतित्वमा खेल सम्पन्न भएको हो ।