मन्थलकै पुरनो युवा क्लव शान्तिदिप युवा क्लवको अध्यक्षमा सुरेश उदाश

मन्थलीमा रहेको शान्तिदिप युवा क्लवको अध्यक्षमा सुरेश उदाश सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिवार मन्थलीमा भएको शान्तिदिप युवा क्लवको १५ औं साधारणसभा तथा ८ औं जिल्ला अधिवेशनले उदाशलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । उदाश मन्थली देवकोटाचोक टोल सुधार समितिका अध्यक्ष र रामेछाप उद्योग बाणिज्य संघका निर्वतमान सचिव समेत हुन् । उनी यसअघि पनि जिल्लाका विभिन्न संघसंस्थामा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएका अनुभवी व्यक्ति हुन् ।

अधिवेशनले सुरेश उदासको अध्यक्षतामा ११ जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । क्लवको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः श्यामकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ, राजु थापामगर र सम्शेर थापालाई चयन गरेको हो ।

त्यस्तै सदस्यहरुमा क्रमशः कल्पना थापामगर, अनिता थापामगर, सरीता चौलागाई, राजेश खड्का र पर्वत विक चयन भएका छन् । त्यसैगरी मनोनियत सदस्यहरुमा क्रमशः शुबास फुयाल, प्रमेश ढुगे‌ल, कमल खत्री, सनम थापामगर, रत्न श्रेष्ठ, पदम कुमार कार्कीलाइ चयन गरेको छ । शान्तिदिप युवा क्लवका निर्वतमान अध्यक्ष बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको १५ औं साधारणसभा तथा ८ औं जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्लाकै पुरानो क्लवको रुपमा चिनिएको शान्तिदिप युवा क्लव केही वर्षदेखी निष्क्रीय जस्तै रहेको थियो । नयाँ कार्यसमिति गठन भएसँगै यस क्लव पहिलाको जस्तै सक्रिय हुने अपेक्षा लिइएको छ ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न