१८ वर्षीया सुलेखा मण्डलको मृत्यु पछि रंगेली अस्पताल तनाव्ग्रस्त

१८ वर्षीया सुलेखा मण्डलको मृत्यु पछि रंगेली अस्पताल तनाव्ग्रस्त
मण्डलले साउन २४ गते रंगेली अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । नर्मल डेलिभरी भएर साउन २६ गते अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । स्वास्थ्यमा समस्या आएपछि साउन २८ गते कोशी अस्पतालको आइसियुमा राखेर उपचार सुरु भएको थियो । उपचारको क्रममा उनको आज मृत्यु भयो ।

मृतकका आफन्तहरूले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अहिले अस्पताल परिसर भित्र नाराबाजी गर्दै छन् । मोरङ प्रहरी र वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली अस्पतालको सुरक्षाको लागि खटिएका छन् । अस्पताल परिसर भित्र मृतकका आफन्तले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गरिनुपर्ने, छानबिन टोली गठन गरी दोषी उपर कारबाही हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गर्दैछन् ।

अस्पताल प्रशासन तर्फबाट भने आधिकारिक धारणा आउने बाँकी रहेको छ । के कारणले बिरामीको मृत्यु भयो यस विषयमा अस्पताल प्रशासनले उपचारमा संलग्न चिकित्सकसँग बुझेर यथार्थ सार्वजनिक गर्ने जनाएको छ ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न