नेपाल तामाङ कलाकार संघको नेतृत्व चर्चित कलाकार विशाल काल्तानको काँधमा

काठमाडौं
नेपाल तामाङ कलाकार संघको नेतृत्व चर्चित कलाकार विशाल काल्तानको काँधमा सुम्पेको छ। आज जोरपाटी स्थित याङरिमा हिल सिटिमा सम्पन्न १६ औं साधारणसभा एवं ८ औं अधिवेशनबाट काल्तानको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय कार्यसमिति छनौट भएको छ।

नव निर्वाचित अध्यक्ष विशाल काल्तान
कार्यसमितिको अध्यक्षमा विशाल काल्तान, वरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा, उपाध्यक्षमा सुभाष तामाङ, महासचिव खेम मोक्तान, सचिव निर्मला घिसिङ, कोषाध्यक्ष योगेश लामा, सदस्यहरुमा क्रमश बुद्ध लामा, जितु लोप्चन, रिश्मा बम्जन, आश्मान लोप्चन, जिवन बम्जन, बैरागी मोक्तान, लक्ष्मी स्याङ्तान, अन्जु थोकर, प्रदिप लामा, मीन योन्जन, बसन्ती लामा, अनिता गोले, सुमुना लो, मिलन थिङ र स्मारिका थिङ रहेका छन्।

नव अध्यक्ष काल्तानले तामाङ कला संस्कृतिलाई विश्वको तामाङ समाज संगै संसारभर फैलाउने उद्देश्य लिएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न