नेपाल शिक्षक महासङ्घ रामेछापले जिल्ला भरका सामुदायिक विद्यालय बन्द गर्नै घोषणा

नेपाल शिक्षक महासङ्घ रामेछापले जिल्ला भरका सामुदायिक विद्यालय बन्द गर्नै घोषणा गरेको छ । शिक्षक महासङ्घले शनिवार राती सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी औपचारिक कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो ।

लामो समय देखि आफ्ना विभिन्न जायज माग राखेर शान्ति पूर्ण आन्दोलन मार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएको महासङ्घले आगामी असोज ३ गतेदेखि जिल्ला भरका सबै सामुदायिक विद्यालय अनिश्चित कालको लागि बन्द गर्ने जानकारी पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष शङ्कर ढुङ्गेलले जानकारी गराउनु भएको थियो । सो क्रममा अध्यक्ष ढुङ्गेलले महासङ्घले उठाएका आफ्ना मागहरूका बारेमा चरण चरणमा भएका प्रयासहरूको समेत सरकारल्ो बेवास्ता गरेपछि आफूहरूका माग सम्बोधन नभए सम्मका लागि आफूहरूले बाध्य भएर विद्यालयका शैक्षिक गतिविधि ठप्प पार्न लागेको जानकारी गराउनु भयो ।

शनिवार मन्थलीमा बसेको महासङ्घको जिल्ला कार्यसमितिको बैठकले केन्द्रीय समितिले गरेको आह्वान अनुसार विरोध स्वरूप सबै विद्यालय ठप्प पारेर शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा सहभागी हुने जानकारी पनि पत्रकार सम्मेलनमा गराइएको थियो । संसद्मा दर्ता भएको ‘शिक्षा विधेयक’ ले शिक्षकहरूको हित गर्न नसक्ने भन्दै विधेयकले शैक्षिक क्षेत्रलाई नै धरापमा पार्न सक्ने, आगामी दिनमा नयाँ पुस्तालाई शिक्षण पेसा प्रति वितृष्णा जगाउने गरी उक्त विधेयक आउन लागेकाले त्यसको विरुद्धमा पनि आफूहरूले आन्दोलन गर्न लागेको जानकारी पनि अध्यक्ष ढुङ्गेलले गराउनु भयो ।

शिक्षकहरू प्रति सरकारी बेवास्ता र विभेदले चरम रूप लिएपछि महासङ्घले बाध्य भएर विद्यालय ठप्प गराउने सम्मको निर्णय गरेको भए पनि आफ्नो आन्दोलनबाट विद्यार्थिहरुको पढाइमा भने कुनै पनि किसिमको बाधा नपुर्‍याउने पनि अध्यक्ष ढुङ्गेलले बताउनु भयो । उहाँले भन्नु भयो – हामीले आन्दोलन पछि पनि अन्य बिदा वा खालि समय मिलाएर विद्यार्थीको बाँकी कोर्स र पढाइलाई पनि सम्बोधन गर्नै कार्यक्रम पनि तय गरेका छौ ।

महासङ्घका सचिव रवीन्द्र घिमिरेले सञ्चालन गर्नु भएको पत्रकार सम्मेलनमा महाँसंघका अगुवा एवं शिक्षक सङ्घका संस्थापक लक्ष्मण कुमार घिमिरेले आन्दोलन गर्नु महासङ्घको रहर नभएर बाध्यता भएको बताउनु भयो । उहाँले असोज ३ गतेबाट सबै शिक्षकहरूलाई राजधानी काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन र सहयोगका लागि विद्यार्थी अभिभावक र आम सरोकारवालाहरू सँग पनि आग्रह गर्नु भयो ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न