ओ एस नेपाल म्युजिक अवार्ड २०८० मा ‘’मनको चाहाना” गीतबाट कुमार कार्कीको लाई अवार्ड’

ओ एस नेपाल म्युजिक अवार्ड २०८० मा ‘’मनको चाहाना” गीतबाट कुमार कार्कीको हातमा अवार्ड’

काठमाण्डौ असोज २९ – स्थायी घर रामेछाप मन्थली वडा नम्बर २ मा भएका लोक दोहोरी गायक तथा सर्जक एवं व्यवसायी कुमार कार्कीले केहि दिन अगाडी मात्र सम्पन्न भएको ओ एस नेपाल म्युजिक अवार्ड २०८० बाट ‘’मनको चाहाना” गीत मार्फत लोक दोहोरी गायक बिधाको (जुरी अवार्ड ) प्राप्त गर्न सफल भएका छन् । भाग्यमा भन्दा पनि कर्ममा बिश्वास गर्ने उनले अहिले सम्म दर्जनौं गीत संगीतमा काम गरिसकेका छन् । घर त मेरो रामेछाप जिल्ला, पिरती अन्धो रैछ, मिठो मिठो बोलीले जुनतारा झार्दियौ, शिरशिर बतासैले भेटौ सनिबार लगायत गीतहरु कुमारको सफल गीत हुन् ।

ओ एस नेपाल म्युजिक अवार्ड २०८० बाट ‘’मनको चाहाना” गीत मार्फत लोक दोहोरी गायक बिधाको (जुरी अवार्ड ) प्राप्त गरेपछि कुमारले आफुलाई जन्मदिने बुबाआमा प्रति पहिलो सम्झना गर्दै सम्पूर्ण दर्शक तथा श्रोताहरुलाई पनि आफुलाई यो स्थानमा पुर्याउन सहयोग गरिदिनु भएकोमा धन्याबाद व्यक्त गरेका छन् । उक्त अवार्डको बिशेष कार्यक्रममा लोकप्रिय वरिष्ट संचारकर्मी दिनेश डीसी र सर्बेन्द्र खनालको हातबाट अवार्ड प्राप्त गर्दा उनि खुसीले गद्गद् थिए । सोहि खुसीको क्षेणमा कुमारले म यो गीतको प्रतिनिधि पात्र मात्र हुँ थप यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरु समक्ष पनि खुसि बाढ्न चाहन्छु भन्ने किसिमका भनाई राखेका थिए ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न