रामेछाप / रामेछाप दोरम्बा शैलुङ गाउँपालिकामा करेन्ट लागेर गाेल्मादेवी आधारभूत बिधालयका शिक्षक महेन्द्र कँडेल काे मृत्यु भएको छ । दोरम्बा शैलुङ गाउँपालिका–५ काभ्रेचौरका ३५ बर्षिय कँडेलको घर जनिकै रहेको देवीस्थान मन्दिरमा पुजा गर्नका लागि बिजुलीको बल्व राख्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका कँडेललाई थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौंको हेम्स हस्पिटलमा लगिएको थियो । तर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।हाल उनकाे पार्थिव शरीरलाई त्रि.बि शिक्षण अस्पतालमा राखिएको र भाेली बिहान पोस्टमार्टम पछि अन्तिम संस्कार गरिने परिवार श्राेतले किङ्स्टार न्युज्लाइ जानकारी दिएका थिय ।