दिक्पाल कार्कीले भारतमा पाए ‘आइकोनिक नेपाली फेसन मोडल- फेसन वेभ अवार्ड’

नेपाली मोडल दिक्पाल कार्कीले भारतमा आइकोनिक नेपाली फेसन मोडल शीर्षकमा फेसन वेभ अवार्ड प्राप्त गरेका छन् । १३ बर्षदेखि मोडलिङ क्षेत्रमा सकृय रहदै आएका कार्कीले शुक्रबार रात्ी भारतको दिल्लीमा आयोजित विशेष समारोहमा उक्त अवार्ड प्राप्त गरेका हुन् । भारतको फेसन वेभ म्यागाजिन र शिवाय मिडिया नेटवर्कले कार्यक्रमको आयोजना गरेको हो ।

झण्डै दुईदर्जन चलचित्र र सिरिजहरुमा अभिनय गरेकी भारतीय कलाकार अमायरा दस्तुरले उक्त अवार्ड हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा अपेक्षा शेरचनले नेपाली टिन फेशन मोडल अवार्ड र राजन बुढाथोकीले डायनमिक नेपाली इभेन्ट अर्गनाइजर अवार्ड प्राप्त गरेका थिए ।

कार्की कैयन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोहरुमा सहभागी भइसकेका छन् । सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले एकसयभन्दा धेरै म्युजिक भिडियोहरुमा अभिनय र नृत्य गरिसकेका छन् ।

कार्की मिस्टर मोडल अफ द वर्ल्ड २०१८ का विजेता पनि हुन् । उनले म्यानमारमा सम्पन्न भएको प्रतियोगितामा मिस्टर मोडल अफ द वर्ल्ड २०१८ को उपाधि जितेका थिए ।त्यसको साथै दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका थिए । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले नै हातपारेका थिए ।

यसैगरी कार्कीले विभिन्न अन्तर्रा्ष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् । उनले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए । उनले दुईवटा नेपाली चलचित्रहरुमा पनि अभिनय गरेका छन् ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न