पिकलबल एशोसियसन नेपालको आयोजनामा अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने

काठमाडौं । पिकलबल एशोसियशन नेपालको आयोजनामा फागुन (मार्च) मा नेपाल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने भएको छ।

सातदोबाटो स्थित टेनिस कोर्टमा फागुन २५ र २६ (मार्च ७ र ८) गते आयोजना गरिने शुक्रबार पत्रकार सम्मेलनमार्फत संघले जानकारी दिएको छ।
नेपालको २४ सहित,भारत, थाइल्याण्ड, बेलायत,स्पेनका गरि १ सय २० खेलाडीको प्रतियोगितामा सहभागिता हुने बताइएको छ।
टोलीका व्यवस्थपक ज्याक्सन सुवेदीले ३ विधा एमेच्योर, इन्टरमेडिड, एडभान्समा महिला पुरूष १९ वर्ष, ३५ वर्ष माथि, ५० वर्ष र ६० वर्ष माथि अलग अलग प्रतिस्पर्धा हुनेछ।
महिला पुरुष सिंगल, डबल्स, मिक्स डबल्समा २ सय १६ पदकको लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा भाग लिने खेलाडीका लागि दर्ता खुला गरिएको‌ आयोजकले जनाएको छ।
संघका अध्यक्ष सौरभ भण्डारीले पिकलबल नेपालमा‌ नयाँ खेल भएको बताए । ४ वर्ष अघि पिकलबल सुरु भएपनि‌ कोभिडका कारण सोचे जस्तो विस्तार गर्न नसकिएको जानकारी दिए । अध्यक्ष भण्डारीले भविष्यमा सगरमाथाको आधार शिविरमा प्रतियोगिताको‌ आयोजना गर्ने योजना रहेको बताए ।
पछिल्लो डेढ वर्षमा खेल्ने सय भन्दा बढि खेलाडी तयार भएको र भविष्यमा खेलाडी बढाउने लक्ष्य रहेको अध्यक्ष भण्डारीले बताए। पिकलबल सन् १९६५ मा अमेरिकामा सुरु भएको थियो।
टोलीका संयोजक फत्तेबहादुर खड्काले पिकलबलको विकासले पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास लिइएको बताए ।
विशाल मिलन केन्द्रका सचिव लक्ष्मण थापाले समुदायलाई जोड्न पिकलबल सहयोगी हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न