गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक

काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत ‘सोनाम लोछार’ सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘सोनाम लोछार डम्फु र टुङ्ग्ना’ बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार योञ्जनको भनाइ छ । उक्त गीतमा डिवी लामाले संगीत भरेका छन् भने संगीत संयोजन जोगलाल लामाको रहेको छ । ‘डम्फु र टुङ्गना बजाउँदै’ सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ ।

‘सोनाम लोछार’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न