आफ्नै छोरालाइ मोड्लिङ्म मा ल्याउदै रामकुमार कार्की को “म त सानु रामेछापको” बजारमा

स्थायी घर रामेछाप भएर काठमाण्डौलाई आफ्नो सांगीतिक कर्मथलो बनाइरहेका लोकप्रिय गायक तथा सर्जक रामकुमार कार्कीले भर्खरै मात्र “म त सानु रामेछापको” बोलको गीत सार्वजनिक गरेका छन् । उनले केहि बर्ष अगाडी पनि आफ्नो जन्मथलो समर्पणमा घर त मेरो रामेछाप जिल्ला, बोलको गीत बजारमा ल्याएका थिए । यस लगत्तै गायक तथा सर्जक रामकुमार कार्कीले अहिले सम्म दर्जनौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

यी यस्ता गीत संगीत बजारमा ल्याएर स्थानीय आन्तरिक पर्यटन प्रबर्धनको काम गरिरहँदा पनि सम्बन्धित निकायको नजर नपर्दा उनि खल्लो महसुस गर्छन् । र पनि रामकुमार निरन्तर यस क्षेत्रमा अगाडी बढिरहेका छन् । घर त मेरो रामेछाप जिल्ला, कोइली चरी, काला पानि, जे गरेनी चल्यो, म त लाहुरे, मायालुको वस्ती लगायत उनको सफल गीत हुन् ।

उनै रामकुमार कार्कीको पछिल्लो गीत “म त सानु रामेछापको” मा रामकुमार कार्की र कोपिला तामाङ्ग वाइबाको सुमधुर स्वर सुन्न सकिन्छ । उनैको लय तथा शब्दले सजिएको यस गीतको म्युजिक भिडियोमा सौरभ जङ्ग कार्की, रुपेश दानी क्षेत्री, प्रकाश जङ्ग बस्नेत, प्रेसनी बस्नेत र कृतिका बस्नेतको आकर्षक अभिनय देख्न सकिन्छ ।

अभिनय गर्ने कलाकारहरु मध्य सौरभ जङ्ग रामकुमारका पुत्र हुन् । उनले आफ्ना पुत्रलाई नेपाली गीत संगीतको म्युजिक भिडियोमा स्थापित गराउने प्रयासमा यस भन्दा पहिले पनि केहि गीतको म्यूजिक भिडियोमा अभिनय गराइसकेका छन् । गीतलाई रामकुमार कार्की युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न