उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाउनुभयो । बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको भन्दै उहाँले संसदमा फोटो खिच्न आफूले नपाउने भए पनि संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताउनुभयो। यो सुत्ने बेला नभएको भन्दै उहाँले सभामा सुतेर सपना नदेख्न सांसदहरूलाई सचेत गराउनुभयो ।