माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै, एमालेका मन्त्रीबाट राजीनामा बुझाउने तयारी

नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीको बैठक बोलाएको छ । बैठक केहीबेरमा प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्दैछ । दुई ठूला दल नेपाली काँग्रेस र एमालेबीच गएराति नयाँ सरकार गठनका लागि सहमति भएसँगै पछिल्लो घटनाक्रमबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेबाट मन्त्री बनेकाहरुले आजै राजीनामा दिने तयारी गरेका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने नेताहरुको भनाइ छ ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न