मोडेल रामेछाप र लिटिल मोडेल रामेछापको अडिसन मन्थलीमा सुरू

रामेछाप ‘मिस्टर एण्ड मोडेल सिजन–५’ र ‘लिटिल मोडेल रामेछाप सिजन–४’ को अडिसन मन्थलीमा सुरू भएको छ । किङ स्टार क्रियशन प्रा.लि. रामेछापले मन्थलीमा ‘मिस्टर एण्ड मोडेल रामेछाप सिजन–५ र लिटिल मोडेल रामेछाप सिजन–४ को अडिसन सुरु गरेको हो । भव्य कार्यक्रम सहित साउनको १२ गते ग्राण्ड् फिनाले गर्ने तयारी भइरहेको आयोजक किङ स्टार क्रियशन प्रा.लि. रामेछापले जनाएको छ । १ हप्ता अघि देखि मोडेल रामेछाप र लिटिल मोडेल रामेछापको अडिसन भएर काम अगाडि बढाइएको क्रियसनका सञ्चालक एवं सिइओ सुमन खड्काले बताउनुभयो । सोमबार मन्थलीमा ‘रामेछाप मोडेल सिजन–४’ की ‘विनर’ सिता कार्की र ‘लिटिल मोडेल सिजन–३ की ‘विनर’ योआना तामाङसहितको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै सञ्चालक एवं आयोजक खड्काले कार्यक्रम भइरहेको जानकारी गराएका हुन् । यो वर्ष रामेछाप मोडेलको लागि सहभागीहरू कम आएको प्रष्ट पार्दै १४ देखि २९ वर्ष उमेर समूहका युवाहरू स्वदेशमा कम हुँदा पनि उपस्थिति कम भएको हुन सक्ने दाबी गर्नुभएको हो । रामेछाप मोडलका लागि १४ देखि २९ वर्ष र लिटिल मोडेलका लागि ६ देखि १३ वर्षका बालबालिकाले सहभागिता जनाउन सक्ने छन् । कार्यक्रममा सहभागी हुन इच्छुक भए अहिले पनि हुन पाइने भन्दै उहाँले प्रति व्यक्ति ५ हजार शुल्क बुझाएपछि विभिन्न ड्रेस, तालिम उपलब्ध गराइने आयोजकको तयारी रहेको उहाँले बताउनुभयो । अडिसनमा सफल भएमा आफूहरूले एक महिना भरी उनीहरूलाई विभिन्न विषयमा तालिम एवं ‘ट्रेन’ गर्ने सुनाउँदै प्राविधिक गडबडी नभएमा आउँदो साउनको १२ गते ग्राण्ड फिनाले कार्यक्रम गर्ने तयारी अगाडि बढाइएको सिइओ खड्काले बताउनुभयो । प्राविधिक समस्या नआए साउन १२ गते तीनलाल पार्कमा भव्य कार्यक्रमसहित फाइनल गरिने उहाँले बताउनुभयो । जिल्लाका ८ वटै स्थानीय तहसँग आर्थिक सहयोग, समन्वय र सहकार्य रहने उक्त कार्यक्रममा बालबालिकाहरूको क्षमता विकास गर्न, बालबालिकाहरूलाई ‘मोटिभेट्’ गर्न र मोडलिङ, गीत सङ्गीतको क्षेत्रमा रुचि राख्नेहरूलाई विशेष फाइदा हुने सिइओ सुमनको दाबी छ । २०१८ देखि निरन्तर हुँदै आएको यो कार्यक्रमका विजेताहरूले ताज एवं क्राउन,ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र नगद रुपैयाँ सहितका पुरस्कार पाउँदै आएका छन् । साथै पुरुष विजेताहरूले मोडलिङको अवसर समेत पाउने खड्काले बताए । ‘बालबालिकाहरूको रुचि अनुसारको विभिन्न विधामा आधुनिकता मिसाएर (‘ट्रेन गरेर’) खान, हिँड्न, बोल्न सिकाउँछौँ’ एक महिनाको ट्रेनपछि फाइनल गर्ने हो’ सिइओ खड्काले दोहोर्या ए । जिल्लाका सबै स्थानीय तहका तोकिएको उमेरका बालबालिका, युवा युवतीहरूले भाग लिन पाउने यो कार्यक्रममा सहभागीहरूले निकै राम्रो अवसर पाउने कार्यक्रमका संयोजक एवं व्यवस्थापक मोहन धमालेले बताउनुभयो ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न