मोडल अफ रामेछाप सिजन ५ र लिटिल मोडल अफ रामेछाप सिजन ४ को फाइनल साउन २६ गते सनिवार हुने

रामेछाप,साउन-२२
किङ्स्टार कृयशन प्रा.लि द्वारा आयोजित मोडल अफ रामेछाप सिजन ५ र लिटिल मोडल अफ रामेछाप सिजन ४ को फाइनल साउन २६ गते सनिवार रामेछाप को सदरमुकाम मन्थली को मन्थली पारकिङ प्रा.लि को हल मा हुदै छ। उक्त कार्यक्रम मा अडिसन बाट छनोट भयका उत्कृष्ट सहभागी लाई ३० दिनको प्रशिक्षन कक्षा संचालन गरिएको थियो। प्रशिक्षन सुमन खड्का र निकिता चौहान ले दिनु भएको थियो। साथै सहयोगी प्रशिक्षक को रुपमा मोडल अफ रामेछाप सिजन ४ कि बिजेता सीता कार्की ले गर्नु भएको थियोे। प्रशिक्षनकै क्रममा फोटोसेसन पनि भएको हुदा उक्त सेसन मा श्रृङ्गार पतन्जली ब्युटी पार्लर ले गरेको थियोे भने फोटो भिडियो गुगल डिजिटलले गरेको थियो।उक्त कार्यक्रम रामेछाप मा रहेको कला गाला र प्रतीभा लाई राष्ट्रिय रुपामा उजागर गर्ने उदेश्य ले संचालनमा ल्यायको यसै कार्यक्रम काडाइरेक्टर सुमन खड्का ले बताउनु भयो। उक्त कार्यक्रम मा मोड्ल अफ रामेछाप सिजन ५ मा ट्प ३ ले आफ्नो प्रतीभा देखाउने छन भने लिटिल मोडल अफ रामेछाप सिजन ३ मा टप १० प्रतियोगी हरु ली आफ्नो प्रतीभा प्रस्तुत गर्ने छन। विभिन्न बिदामा टाइट्ल देने र उत्कृष्ट लाई क्राउन ट्रफी सहित नगद पुरस्कारको पनि व्यवस्था रहेको आयोजक ले बताउनु भएको छ। सबै स्थानीय निकाय सङ सहकार्य गरि उक्त कार्यक्रम आयोजना हुन गयको पनि जानकारी गराउनु भयको छ। बाग्मती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठको प्रमुख अथिती उक्त कार्यक्रम हुन गहिरहेको छ साथै जि.स.स प्रमुख,उप प्रमुख,सम्पुर्ण स्थानीय का प्रमुख उप प्रमुख, वार्ड अध्यक्ष,सिडियो कार्यलय प्रमुख जि.प्र.का. प्रमुख लगायत विभिन्न संघ सस्थाका प्रमुख को उपस्थिति मा कार्यक्रम हुनेजानकारी दिनु भएको छ। तेसै गरि कम्तीमा ३०० जना दर्शक उपस्थित हुने आयोजक ले बतायका छन साथै स्थानीय कलाकार को पनि प्रस्तुति रहने छ ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न