१७ असार २०८२, शनिबार रामेछाप
रामेछाप जिल्लामा लुकेर रहेको कला गला प्रतिभा लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थरमा पुराउने उद्देश्यले मोडल अफ रामेछाप सिजन ६ र लिटिल मोडल अफ रामेछाप सिजन ५ को आयोजना हुने भएको छ ।
यसअघि सम्पन्न कार्यक्रमको अनुभव र सफलताका आधारमा सो प्रतियोगिताको छैठौँ संस्करण आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । प्रतियोगिता आगामी साउन २७ गते एस एस इभरगृण होटलमा पहिलो अडिसन हुनेछ । प्रतियोगितामा ६ देखी १३ मा लिटिल मोडल अफ रामेछाप सिजन ५ मा र १४ वर्षदेखि २४ वर्षसम्मका युवा तथा किशोरीहरू मोडल अफ रामेछाप मा सहभागी हुन पाउनेछन ।
प्रतियोगिता अन्तर्गत व्यक्तित्व विकास, र्याम्प वाक, नृत्य,गायन सार्वजनिक वक्तृत्वकला, प्रतिभा प्रस्तुतिको चरण तथा सांस्कृतिक प्रस्तुति तथा स्थानीय तथा राष्ट्रिय कलाकार हरुको प्रस्तुत सहित कार्यक्रम सञ्चालन गरिने छ ।
फिनाले शो भदौ २१ सनिवार गते सनिवार हुने छ ।
प्रतियोगिताको तयारीका लागि साउन १६ गतेदेखि आवेदन खुला गरिने र साउन २३ गते बाट २७ गते सम्म अडिसन लिइने छ । साउन २८ देखि भदौ २० सम्म प्रशिक्षण सत्र सञ्चालन हुनेछ । फिनालेमा उत्कृष्ट प्रतिभालाई विभिन्न विधामा पुरस्कृत गरिने छ ।
हिजो सम्पण पत्रकार भेटघाट कार्यक्रम मा जिल्लाका बरिस्ठ पत्रकार को उपस्तिथि मा भयको थियोे भने सुजन२,५ र ६ का बिजेता र आयोजक बाट सुमन खड्का को उपस्तिथिमा उक्त कार्यक्रम समापन भयको थियो
यसअघि सम्पन्न सिजनहरूबाट उदाएका प्रतियोगीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत सफलता हासिल गरेका छन् । सुदीप खड्का सन् २०१८ मा विजेता भई सन् २०१९ मा मिस्टर नेपालमा सहभागी भएका थिए भने मिस्टर ग्राण्ड नेपालको उपाधि जितेका थिए । त्यस्तै सन् २०१८ को फोर्थ रनर अप निकिता चौहानले विभिन्न म्युजिक भिडियो तथा नृत्य कार्यक्रममा अभिनय गर्दै आएकी छन् ।
यस्तै, मोडल अफ रामेछापमा सिजन- २ सरिता थापामागर, सिजन- ३ मा साराहा कार्की, सिजन- ४ सिता कार्की र सिजन- ५ मा रितिमा चौहान विजेता हुनुभएको थियो । रामेछापको सांस्कृतिक विविधता, पर्यटन सम्भावना र स्थानीय प्रतिभाको पहिचान तथा प्रवर्द्धनका लागि यो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।