जेसी कार्कीद्वारा २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी दर्ता !!
नेपाल जेसीज (JCI Nepal) का अनुभवी र समर्पित नेता जेसी जीवन कार्कीले वर्ष २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन् । उनी रामेछाप जेसीजको आधिकारिक प्रस्तुति :
(Representation) का रूपमा यो महत्त्वपूर्ण नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् । नेतृत्वको यात्रा र पृष्ठभूमिः रामेछापको चुनौतीपूर्ण परिवेशबाट नेतृत्वको यात्रा सुरु गरेका जेसी कार्कीको कथा संघर्ष, समर्पण र रूपान्तरणको प्रतिमूर्ति हो। सन् २०१५ मा JCI Ramechhap बाट सदस्यता लिएका उनी सन् २०२१ मा शाखा अध्यक्ष बने । त्यसपछि, २०२२ मा राष्ट्रिय उपाध्यक्ष र २०२३ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी सम्हालेर उनले संगठनलाई नीति, प्रशिक्षण र सहकार्यमा नयाँ दिशा प्रदान गरेका थिए । ईटहरी जेसीजको आतिथ्यतामा भएको नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दा उनले इमानदार, शालीन र प्रेरणादायी नेतृत्वको छवि स्थापित गर्दै “He won by heart but lost by vote cast” को उपमा पाएका थिए ।संकल्प २०२६ र संगठनको भिजनः जेसी कार्कीले आफ्नो उम्मेदवारीलाई ‘Project Sankalpa २०२६ – “एकताको संकल्प, रूपान्तरणको यात्रा” नाम दिएका छन् । उनको मुख्य विषयवस्तु तथा उनको प्रकरण “Aim Act Achieve” रहेको छ। उनको कार्यदिशामा नेतृत्वलाई पदको सट्टा जिम्मेवारीका रूपमा लिने सोच रहेको छ । उनले स्पष्ट रूपमा लक्ष्य निर्धारण (Aim) गर्ने, दृढताका साथ कार्यन्वयन (Act) गर्ने, र सफलता हासिल (Achieve) गर्ने प्रक्रियामार्फत रूपान्तरणको यात्रा सम्भव हुने बताएका छन्।
प्रतिवद्धताहरूः जेसी कार्कीले एकता, सहकार्य र स्पष्ट कार्यदृष्टिका माध्यमबाट जेसीजलाई अझ प्रभावशाली, सक्षम र भविष्य उन्मुख बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । उनले आगामी यात्रालाई व्यक्तिगत नभई साझा प्रगतिको अभियानका रूपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् । “Project Sankalpa २०२६” मार्फत जेसी कार्कीले JCI Nepal भित्र युवा, महिला र सबै अध्यायहरूबीच सहकार्य, पारदर्शिता र समावेशीताको भावनालाई पुनर्जीवित गर्ने लक्ष्य लिएका छन् । उनको उद्देश्य JCI Nepal लाई केवल एक संगठन मात्र नभई राष्ट्र निर्माणको प्रेरणा बन्न सक्नेगरी सशक्त बनाउनु रहेको छ ।