त्रिशुली नदिमा बस खस्दा ८ जनाको मृत्यु भएको

आज मिति २०८०/०५/०६ गते अं ११;१० बजेको समयमा जिल्ला धादिङ गजुरी गा.पा.वडा न.०२ चालिसे स्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट पर्वत हुँदै म्याग्दी बेनी ( म्याग्दी कोरला यातायात प्रा.ली ) तर्फ जादै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नं. बस अनियन्त्रित भई त्रिशुली नदिमा सडक बाट अ. ३०/४० मिटर तल खस्न जाँदा ८ जनाको मृत्यु भएको (जसमध्ये २ महिला ,६ पुरुष रहेको र मृतक मध्य ३ जनाको नाम थर खुलेको ५ जनाको खुल्न बाँकी रहेको ) उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी अन्य सुरक्षा निकायका सदस्यहरू र स्थानीय नागरिकहरूको सहयोगमा १७ जनाको जीवित उद्धार गरिएको छ ।

सो सवारी साधनमा २५ जना सवार रहेको, जीवित उद्धार गरिएका १७ मध्य १४ जनालाई थप उपचारको लागि काठमाडौं तर्फ ल्याइएको, १ जना उपचार पश्चात् डिस्चार्ज, १ जनाको मलेखुको टिचिंग अस्पतालमा उपचार भइरहेको र १ जना सकुसल रहेको) ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न