चौथो फिदिम नगर कप मंगलबारदेखि

फिदिम / स्वतन्त्र क्लब र रानीटार युनाइटेड क्लब, रानीटार पाँचथरको आयोजनामा यहि पौष १२ गते मंगलबारदेखि चौथो फिदिम नगर कप खुला नकआउट शुरु हुँदैछ । प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो ।

फिदिम–७, रानीटार स्थित बराजु रंगशालामा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल घरेलु टोली स्वतन्त्र रानीटार युनाइटेड र न्यू रिभिलेसन एफसी, इलामबीच हुनेछ । पौष १७ गतेसम्म चल्ने प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका छन् ।

फिदिम नगरपालिका, फिदिम नगरपालिका वार्ड नम्बर ७ र तमू ह्युल छोंज धी, पाँचथर प्रवद्र्धक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ७० हजार हात पार्नेछ भने उपविजेताले ९० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न