सासू र जेठाजुले गरिदिए बुहारीको कन्यादान
परिर्वतन हुँदैछ सोच , परिवर्तन हुदैछ समाज :- सुनसरीको इटहरीमा सासुले बुहारीको विवाह गरिदिएकी छन् । इटहरी उपमहानगरपालिका–२ का पुण्य पौडेल र उनकी आमा जानुकाले बुहारीको विवाह गरिदिएका हुन् । बिहीबार ३४ वर्षीया सूजा पौडेलको कर्मघरबाट वैदिक परम्पराअनुसार कन्यादान गरी विवाह गरिएको हो । २०६९ सालमा पौडेल परिवारले झापाको बैगुन्धुराबाट सूजालाई बुहारी बनाएर भित्राएका थिए तर छोराफडिन्द्रको २०७१ सालमा मृत्यु भएपछि घर र माईती पक्षको राजीखुसीमा नै विवाह भएको हो। रेग्मीको पहिलो श्रीमतीको पनि दुई वर्षअघि मृत्यु भएको थियो । उनीतिरका एक छोरा र छोरी छन् । पौडेलकी पनि एक छोरी छिन् ।