अन्जु पन्तको स्वरमा दिक्पाल र शिलाको कारुणिक अभिनय

अन्जु पन्तको स्वरमा दिक्पाल र शिलाको कारुणिक अभिनय
गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्यूजिक भिडियो बजारमा आएको छ। उनको शब्द सृजना रहेको ‘अधुरो सपना’ अत्यधिक सफलतापछि ‘अधुरो सपना-२’ बोलको गीतको भिडियो रिलिज गरिएको छ।

तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीत मा गायिका अन्जु पन्तको स्वर छ।

अम्बर तुम्बापो सुब्बाको संगीत र रिदम कँडेलको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ। माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको ‘अधुरो सपना-२’ बोलको गीतको भिडियो देख्न सकिन्छ।

यस गीतको निर्माता कुशल गुरुङ हुन्। दिक्पाल कार्की र शिला गजुरेलको अभिनय रहेको गीतको भिडियोको निर्देशन सोनम पाख्रिनले गरेका हुन्। उक्त गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन्।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न