स्वाद बढाउने त छँदैछ, औषधीय गुणले पनि भरिपूर्ण छ लसुन

काठमाडौं । नेपाली भान्सामा लसुनको प्रयोग अनिवार्यजस्तै मानिन्छ । मुख्यतः खानाको स्वाद बढाउन प्रयोग गरिने लसुन औषधीय गुणले पनि भरिपूर्ण रहेको हामीले सुनेका छौं । लसुनसँग सम्बन्धित अन्य पनि धेरै कुरा छन्, जसबारे धेरैलाई थाहा छैन ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म नेपालमा ८२ लाख ८५ हजार १३५ किलो लसुन आयात भएको तथ्यांक छ । आयात भएको लसुनको कुल लागत एक अर्ब एक करोड २२ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।

लसुनको इतिहास  

करिब पाँच हजार वर्षअघिदेखि नै लसुन मानिसको खानपानसँग जोडिएको छ । प्राचीन इजिप्टमा पहिलोपटक लसुन रोपिएको मानिन्छ । इजिप्टका पिरामिडहरुमा शवलाई जोगाएर राख्न पनि लसुनको प्रयोग गरिन्थ्यो । प्राचीन ग्रिक र रोमनहरु पनि यसको व्यापक प्रयोग गर्थे ।

मानिसहरुको बसाइँसराइसँगै लसुनको प्रयोगले व्यापकता पाउँदै गयो । ईसापूर्व छैटौं शताब्दीमा लसुनले चीन र भारतमा प्रवेश पाइसकेको इतिहासमा उल्लेख छ । त्यसबेला यसलाई उपचारका लागि मात्र प्रयोग गरिन्थ्यो । त्यसपछि क्रमशः लसुनको प्रयोग उपचारमा मात्र नभएर दैनिक जीवनमा हुन थाल्यो । बितेका केही वर्षदेखि यसको प्रयोगले अचम्मको व्यापकता पाइरहेको छ । यसको प्रमुख कारण यसको फाइदा नै हो ।

अहिले चीन, दक्षिण कोरिया, भारत, स्पेन र अमेरिका लसुनका प्रमुख उत्पादक मुलुक हुन् ।

लसुनको औषधीय गुण

लसुन आयुर्वेदिक उपचारमा बढी प्रयोग हुने गरेको पाइन्छ । लसुनमा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल, एन्टिफंगल र एन्टिभाइरल गुणहरू हुन्छन् । जुन संक्रमणको जोखिमबाट बचाउन प्रभावकारी हुन सक्ने आयुर्वेद अनुसन्धानविज्ञ डा. विसुनदयाल प्रसाद पटेल बताउँछन् ।

बच्चामा कफ, श्वासप्रश्वासको समस्या र छाती घ्यारघ्यार भयो भने लसुनको रसले छातीमा घाँटीमा मालिस गरियो भने यस्ता समस्या कम भएर जाने उच्च रक्तचाप नियन्त्रणमा पनि लसुनको सेवन फाइदाजनक मानिने उनी बताउँछन् ।

‘घाउचोट लागेको ठाउँमा लसुनको रस लगाउँदा छिटो निको हुन्छ,’ डा. पटेल भन्छन्, ‘महिलामा महिनावारी गडबडीमा पनि यसको सेवनले महिनावारी नियमित गर्न मद्दत गर्छ  ।’

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न