कृषी, प्रर्यटन र जलविद्युतको क्षेत्रमा लगानी गर्न मन्त्री चापागाईले गरे उद्योगी व्यवासायीलाईअनुरोध

उदयपुर २८ माघ । प्रदेश नम्बर १ का सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गा प्रसाद चापागाईले कृषी, प्रर्यटन र जलविद्युतको क्षेत्रमा लगानी गरेर प्रदेश नम्बर १ लाई आत्मनिर्भर बनाउने बताउनु भयो । जिल्ला उद्योग बाणिज्य संघ उदयपुरको प्रथम साधरण सभा तथा अधिवेशनलाई शनिबार उदयपुर सदरमुकाम गाईघाटमा सम्बोधन गर्दै मन्त्री  चापागाईले उक्त कुरा बताउनु भएको हो ।

बर्तमान सरकार कृषी पर्यटन र जलविद्युतमा निजी क्षेत्रलाई लगानी गर्ने बतावरण बनाउन आवश्यक कानुन र पूर्वाधार तयार गर्न तयार रहेकोले ढुक्क सगँ लगानी गर्न समग्र उद्योगी व्यवासायीलाई अनुरोध गर्नु भयो ।

यस्तै नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष दीपक मलहोत्राले देशको अर्थतन्त्रमा देखा परेको अहिलेको समस्या आर्थिक मन्दीको कारणले नभएर अस्थिर सररकार र राष्ट्रबैकको गलत म्रैदीक नीतिको कारण सृजना भएको आरोप लगाउनु भएको छ ।

कार्यक्रममा विशेष अथितिको रुपमा बोल्दै मलहोत्राले नेपालको अर्थतन्त्रलाई विदेशको कुनै पनि मन्दीको प्रभाव नपर्ने र नपरेको तर हाम्रो आफ्नै आन्तरिक निती र अस्थिर सरकारको कारणले यो अवस्था सृजना भएको ठोकुवा गर्नुभयो ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न