यो कमजोर हुने बेला हैन-कविता

उठ
यो कमजोर हुने समय हैन
कमजोरीले कम्पीत भएभने
तिम्रा साहसहरु…
माफ गर्नेछैन समयले

रणको बेला हो
हातमा हतियार लिएर
हुतिवान् भएर दुश्मनको हत्या गर्ने बेला हो
रणोभुमिमा हुतियारी देखाउनु
मनासिब हैन

हेर त माहोल के छ वरिपरिको
रगतको बर्खा छ
तिमी भुल्यौ भने भुलैयामा
भुलाउनेछ इतिहासले तिमिलाई

नरोउ
रोएर-रोदन रोदित नबनाउ मनलाई..
उठ यो हिम्मत देखाउने बेला हो
यो क्रान्ती ल्याउने बेला हो

तिमिले आँखा चिम्लिए
युग अन्धो हुनेछ
आँखा खोलेर
आँखा चिम्लेर बसेकाहरुलाई
आँखा हेर्न भन

जाग यो जाग्ने बेला हो
सुतेर बस्नेहरुले इतिहास रच्दैनन्
इतिहास रच्नेहरुले सुतेर बस्दैनन्

तिमिले कमजोर हुन सुहाउन्न
उठ यो साहस देखाउने बेला हो
कमजोर नहोउ
कमजोर हुनु तिम्रो कमजोरी नबनोस्
कमजोर नबन…..उठ
°°°° समिन

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न