संगम लामिछाने र खेम सेन्चुरीको स्वरमा ‘धनै ठूलो होकी मनै ठूलो होला’ सार्वजनिक

हिन्दू नारीहरुको महान् पर्व तिजको अवसर पारेर बजारमा तिज गीतहरु आउने क्रम तीब्र गतिमा छ । यसैक्रममा गायक खेम सेन्चुरी र गायिका संगम लामिछानेको स्वरमा रहेको तीज गीत ‘धनै ठूलो होकी मनै ठूलो होला’ सार्वजनिक भएको छ ।
‘धनै ठूलो होकी मनै ठूलो होला’ गीतको शब्द सिर्जना विक्रमबाबु विश्वकर्माको रहेको छ । नन्दू परियारको संगीत रहेको यस गीतको संगीत संयोजन, मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

‘धनै ठूलो होकी मनै ठूलो होला’ गीतको म्यूजिक भिडियोमा चारजना मोडलले अभिनय गरेका छन् । भिडियोमा लोमश शर्मा, नारायणी खत्री, लोसिना लामिछाने, विजय पुन, सरोज प्रजा र जुना एसडीको अभिनय रहेको छ । भिडियोलाई रामेश्वर उप्रेतीले छायाँकन गरेका छन् भने अशोक वि.क.को निर्देशन रहेका छन् । भिडियोलाई संगम लामिछाने युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न