रामेछाप लाई प्रतिनिधित्व गर्दै मिस मगर नेपाल मा सरिता थापामगर

रामेछाप लाई प्रतिनिधित्व गर्दै मिस मगर नेपाल २०२४ मा सहभागी हुन सरिता थापामगर पोखरा गयकी छुन। सरिता थापामगर बिगत लामो समय देखि नृत्य, कोरियोग्राफी, मोड्लिङ तथा मोडल अफ रामेछाप सिजन -२ कि बिजेता सम्म रहेकी छिन। बिगत लामै समय देखी बिधालय मा पढाउदै आउनु भएको छ । उहाले रामेछाप कै कल्चर झल्काउने रामेछाप को लाङगाली ढाका नामक कौडा गित मा मोड्लिङ पनि गर्नु भएको थियोे। तेसै गरि मिस मगर नेपाल मा जने उहाको भित्र देखि नै रहर रहेको र मगर कल्चर र रामेछाप लाई अन्तरास्ट्रिय स्तर मा चिनाउने उहाँको इच्छा रहेको छ।

सातौँ संस्करणको मिस मगर नेपाल-२०२४ का लागि ११ जना फाइनल चरणमा प्रवेश गरेका छन् । प्रतियाेगितामा २० जना सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

टिम संयोजक प्रियंका गर्बुजा मगरका अनुसार फाइनल चरणमा रामेछापकी दिपिका आले मगर, कृष्टिना पुन मगर र सरिता थापामगर, म्याग्दीकी आशिका गर्बुजा मगर र नरिशा पुन मगर, बागलुङकी अनुजा पुन मगर, स्याङ्जाकी माया दर्लामी मगर, महोत्तरीकी रश्मी आले मगर र जानकी राजकोटी मगर, रोल्पाकी अस्मिता बुढा मगर र काठमाडौँकी जेरुशा सारु मगर प्रवेश गरेका छन् ।

हाल फाइनल प्रवेश गरेका प्रतिस्पर्धीलाई विभिन्न तालिम प्रदान गरिरहेको छ । जसमा मगर मातृभाषा, कला, संस्कृति बारे प्रशिक्षण भइरहेको छ ।

कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले प्रतियोगीलाई भाषा, कला र संस्कृतिको प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगीलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास, भेषभूषा, कला र संस्कृतिलगायतका तालिम प्रदान गरिएको छ ।

एसटी क्रियसन म्यानेजमेन्टद्वारा आयोजित मिस मगर नेपालको सातौं संस्करणको ग्राण्ड फिनाले भदौ २२ गते पोखरामा हुनेछ ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न